राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले पार्टी स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । मंगलबार व्यास ३ स्थित अनसन चौतारीमा सो कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रममा १४ जनाले रगतदान गरेको रास्वपाका जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिनुभयो । स्थापना दिवसका अवसरमा पार्टीले जिल्लाभर विविध कार्यक्रम गर्दै आएको छ ।
