तनहुँ, फागुन २८ गते

प्रगतिशील नेपाली लेखक सङ्घ तनहुँको अध्यक्षमा कल्पना पौडेल चयन हुनु भएको छ । सङ्घको शनिबार दमौलीमा सम्पन्न चौंथो सम्मेलनले पौडेललाई सर्व सम्मत रुपमा चयन गरेको छ ।

सङ्घको अन्य पदहरु पनि सर्वसम्मत चयन भएको छ । नव गठित सङ्घको उपाध्यक्षमा विनोदकुमार विक बिकास, सचिवमा हरि कार्की, सहसचिवमा जीवन सागर, कोषाध्यक्षमा लक्ष्मी सिग्देल चयन हुनु भएको छ । सदस्यहरुमा सरीता श्रेष्ठ, देव गजमेर, दीपक खाती, गोपाल गहतराज,बाबुराम सापकोटा र नारायणकैलाश सिग्देल चयन हुनु भएको छ । सम्मेलनको प्रगतिशील लेखक सङ्घ नेपालका सल्लाहकार डा.कृष्णराज अधिकारी उद्घाटन गर्नु भएको थियो । सो अवसरमा अधिकारीले नेपालले जुनसुकै विचार, पार्टी, समुहमा आवद्ध भएपनि गलत कुरालाई गलत हो भने र प्रश्न उठाउन सक्ने हिक्मत लेखकमा हुनु पर्ने बताउनुभयो ।

 

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य नारायण मराशिनी, बुद्धिजिवी डम्बरदेव कैनी, सङ्घका पूर्व अध्यक्ष आकाश अधिकारी, नेपाली लेखक सङ्घ तनहुँकी अध्यक्ष गौकुमारी न्यौपाने, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका सचिव दिवाकर भट्टराई लगायतले समान रुपान्तरणमा योगदान दिन सक्ने खालका मात्रै लेख तथा रचना प्रकाशित गर्न उपयुक्त हुने कुरामा जोड दिनु भएको थियो ।