तनहुँको सबैभन्दा पुरानो व्यास नगरपालिका आगामि आर्थिक वर्ष २०८०र८१ को नीति, वजेट तथा कार्यक्रमको तयारीमा जुटेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार असार १० गते भित्र गरिने नगरसभाको लागि नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी पेश गर्ने तयारी गरेको छ । यस पटक व्यास नगरपालिकाको बजेटको आकार अंकगणितिय हिसाबमा अघिल्लो वर्षको तुलनामा सानो हुने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उनका अनुसार संघीय एवं प्रदेश सरकारले दिदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट आकार समेत सानो हुने भएको हो । आर्थिक वर्ष २०८०र८१ को वजेट तथा कार्यक्रमको लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समिति मार्फत छलफल गरि नगरसभामा पेश गर्ने तयारी भएको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, “संघ र प्रदेश सरकारले दिदै आएको अनुदानमा धेरै कटौती भएको छ । त्यसको प्रत्यक्ष असर व्यास नगरपालिकामा पनि पर्नेछ । ” यसै संग जोड्दै उनले थपे ूतर यस पटकको कार्यक्रम तर्जुमा गर्दा चालु खर्चमा कटौति गरी धेरै भन्दा धेरै वजेट पुँजीगत खर्चमा विनियोजन गर्ने निर्धारण गरेका छौ ।ू संघ सरकारले यसपटक १५ करोड अनुदान आउने संकेत देखापनि ६ करोड ४२ लाख मात्र विनियोजन गरेको नगर प्रमुख न्यौपानेले बताए ।

      बजेट निर्माणको लागि नगरपालिकाले १४ वटै वडामा बजेटको मापदण्ड निर्माण गरि पठाएको थियो । अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको,  वडामा चालु खर्च करिब २० ५ र पुजीँगत खर्च ८० ५ हुने गरी वजेट वनाउने मापदण्ड बनाइएको उनले बताए । जसले गर्दा जनताले प्रत्यक्ष नगरपालिकाको बजेट तथा कार्यक्रमको महसुस गर्नेछन । नगरप्रमुख न्यौपानेका अनुसार भू–गोल, जनंसख्यालाई आधार मानी सामाजिक आधारभुत आवश्यकता पुर्ति गर्ने गरी योजना छनौट गरिने भएको छ । वडाबाट आएका योजना छनौटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण,आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा परेका छन।

व्यास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा २२ करोड ६० लाख राजश्व संकलन गरेको थियो भने यस चालु वर्षमा करिब १७ करोड राजश्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको थियो । जसमा चालूतर्फ १ अर्ब २ करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ ७५ करोड २ लाख रुपैयाँ विनियोजन भएको थियो।