केही दिन देखि अत्याधिक गर्मी बढेपछि व्यास नगरपालिकाले व्यासभित्र संचालित सबै सामुदायिक र संस्थागत विद्यालयलाई बिदा गर्ने भएको छ । शनिबार एक सुचना जारी गर्दै व्यास भित्र संचालित सबै सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । यसअघि एक हप्ता अवधि विदा गरिसकेका विद्यालयहरुले विद्यालय व्यवस्थापन समितिको निर्णयबाट पुन : बढीमा एक हप्ता बिदा थप गर्न व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो ।बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा खान दिने,स्वास्थ्यमा प्रतिकूल असर हुने खालको खानेकुरा नखान निर्देशन दिने र बालाबालिकाहरुलाई रचनात्मक तथा सिर्जनात्मक कार्यमा सहभागी हुन विद्यालयले प्रोत्साहन गर्ने नगरपालिकाले जनाएको छ । बिदाको समयमा विद्यार्थीलाई स्वअध्ययन गर्न लगाउने,दिनको समयमा घर बाहिर जान नदिने,खेलकूद संम्बन्धी गतिविधी गर्न नदिने , प्रशस्त पानी पिउन सुझाव दिने लगायतका अनुरोध गर्न समेत नगरपालिकाले निर्देशन दिएको छ ।