राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट ‘भैँसी चढेर आएको’ चर्चा भइरहेको बताएपछि संसद्मा लफडा भएको छ ।रास्वपाका सांसद खनालले भारत भ्रमणबाट फर्किँदा प्रधानमन्त्री प्रचण्ड भैँसी चढेर आएको चर्चा भइरहेको बताएका थिए ।खनालले यसो भनिरहँदा माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् ।त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।
खनालले –प्रधानमन्त्री नयाँ बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनहुन्थ्यो भन्ने लागेको थियो । तर उहाँ भैसी चढेर आउनुभएको विषय आएका छन् ।’ नभन्दै सत्ता पक्षका सांसद हितराज पाण्डेले नियमापत्ति जनाउँदा अशिष्ट र अमर्यादित शब्द हटाउन माग गरेका हुन् ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समयमा सत्ता पक्षका सांसदले अवरोध गरेको भन्दै एमालेका सांसद योगेश भट्टराई, सूर्य थापासहितले निरन्तर हंगामा गरेका हुन् ।
एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले नै भैसी चढेको विषय उल्लेख गरेको बताए ।
खनालले बोलेको ‘भैँसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।