नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले सर्वसधारणहरुले बैँक र लघु वित्त सहकारी संस्थाबाट लिएको २० लाख रुपाँया ऋण मिनाह हुनुपर्ने बताउनुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान तनहुँद्धारा शनिबार दमौलीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रसाईले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो सर्वसधारणहरुले साना तिना व्यावसाय गर्दा लागेको २० लाखको व्याज मिनाहा हुनुपर्छ र ऋण मिनाह भए पछि खाडी मुलुक गएका २५लाख भन्दा बढी दाजुभाईहरु स्वदेश र्फकेर नेपालमै आएर केहि गर्ने छन् । अहिले देश आर्थिक संकटका कारण ऋण लिने व्यक्तिले पैसा मिनाह गर्न नसक्दा आत्महत्या गर्न बाध्य भएकाले यो अयिान सुरु गरेको बताउनुभयो । राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउदै अभियान जारी राख्ने उहँले जानकारी दिनुभयो । प्रसाईले अब देशभरका पिडितहरुले काठमाडौमा अन्दोलन समेत गर्ने चेतवनी समेत दिनुभयो ।
