नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीले पोखरामा शनिबार आयोजना गर्न लागिएको रुपान्तरण अभियान पार्टीको आधिकारिक कार्यक्रम नरहेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिको निर्देशन बमोजिम भन्दै जिल्लाका केही स्थानीय तहमा भेलामा सहभागी हुन भन्दै सूचना प्रवाह गरिएको विषय खुलासा भएलगत्तै जिल्ला सदस्य अधिकारीले सो कुरा बताएका हुन् ।
जिल्ला सदस्य अधिकारीले यस किसिमका भेलाप्रति सजग रहन समेत नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी भित्र रुपान्तरण जरुरी भएता पनि यसरी गुटगत भेला आयोजना गरेर रुपान्तरण नहुने समेत जिल्ला सदस्य अधिकारीले बताएका छन् । यस किसिमको भेलाले गुटको विजारोपण हुने समेत जिल्ला सदस्य अधिकारीको भनाई रहेको छ ।