तनहुँ क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले २०८४ मा सालको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन् । विहिबार व्यास १४ छाब्दी बराही मन्दीर परिसरको धन्यावाद कार्यक्रमा बोल्दै सो कुरा बताएका हुन् । जनताको आशा भरोसा डगमग हुना नदिकन सब्य र सरल भएर रचनात्मक भुमिकाबाट अगि बढ्ने बताए । हामि प्रतिक्षिनै भएपनी राम्रो कामलाई समर्थन गर्ने र नकारात्मक कुरालाई बिरोध गर्ने गरेर रचनात्मक प्रतिपक्ष हुने छौ उनले भने । वाग्लेले तनहुँ बासिलाई धन्यवाद दिदै अबको चुनाबमा बहुमत ल्याउने र अरु कसैको टेकोमा नरही स्थीरता सरकार निर्माण गरी देश र जनताको लागि काम गर्ने बताए । उनले अहिले समय निति ,बजेट जस्ता संसद भवनमा कार्यक्रम भएकाले तनहुँमा आउने समय कम भएकाले संसद भवन बाहेकका समयलाई तनहुँमा आएर सदुपयोग गर्ने समेत बताएका छन् ।वाग्लेले भने तनहुँको गुनासो सधै सुन्न तयार भएको र चुनाव मत माग्दै गर्दा तनहुँ १ का सबै स्थानीय तहमा सम्पर्क कार्यालय खोल्ने बाचा गरेको अब यो काम पनि चाडै हुनेछ। ” सचिवालय मार्फत सबैको गुनासो सुनाउने र सुझाव दिने वातावारण निर्माण गर्ने प्रतिवद्दता समेत उनले व्यक्त गरे । उनले हामी काम गरेर देखाउने भरोसा टुट्न नदिने र मतदातालाई केही समय ध्वारे समेत गर्ने अग्रह गरे ।