तनहुँको दमौलीमा शनिबार विशाल आमसभा हुने भएको छ । रास्ट्र, रास्ट्रीयता, धर्म, सस्कृती तथा नागरिक बचाउ महा अभियानले बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै सो कार्यक्रमबारे जनाकारी दिएको हो । उक्त आमसभालाई अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाइले सम्बोधन गर्ने केन्द्रिय सचिबालय सदस्य यदुनाथ सिग्देलले जानकारी दिनुभयो । उहाँले बैंक तथा बित्तीय सस्थाले लिएको चर्को ब्याजका बिरुद्ध सडक आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

सिग्देलले भन्नुभयो बैंक तथा बित्तीय सस्थामा ऋणि भुक्तानी गर्न नसक्दा चर्को व्याजले दिनाहु मानिसहरूले आत्महत्या गरि ज्यान गुमाउनु परेका अवस्था आएकोले आन्दोलन गरेको हो । चर्को व्याज कम गर्ने र यस्ता समस्यले गर्दा कसैले पनि अकालमा ज्यान घुमाउन नपारोस् भन्ने यो महाअभियानको उद्देश्य हो उहाँले भन्नुभयो ।


यस महाअभियानमा जिल्लाको दशवटै पालिकावाट करिब तिनहजार भन्दा बढि जामानसहरुको सहभागिता रहने महिला अभियानत एबं जिल्ला संयोजक दानु थापाले बताउनुभयो । कार्यक्रममा कालो मोसो जिल्ला संयोजक हिम्मत थापा , जिल्लाका सकृय अभियान्ता बिनोद परियार , सदस्य यदु नाथ सिग्देल लगाएको उपस्थिति रहेको थियो ।