नेपाल प्रेस युनियन तनहुँको आठौं अधिबेशनले अध्यक्षमा गोरा मियाँलाई चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले गोरा मियाँको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो। त्यस्तै खुल्ला उपाध्यक्षमा प्रकाश अधिकारी ,समावेशी उपाध्यक्षमा पूर्ण वि के ,सचिवमा उपेन्द्र खनाल , सहसचिवमा शिला वाग्ले ,कोषाध्यक्ष एलोज श्रेष्ठ चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा मुना कालिराज विके ,सुनिता थापा , विनिता थापा , मिलन तामाङ,श्रीकृष्ण आचार्य, सञ्जय श्रेष्ठ र दानबहादुर श्रेष्ठ रहेका छन् ।