नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग सहित बुधबार नौँ जनवर्गय संगठनहरूले दमौलीमा प्रदर्शन गरेका छन्। नेकपा एकीकृत समाजवादी , अखिल नेपाल महिला संघ (समाजवादी) ,युवा संघ नेपाल , अनेरास्नवियु । नेपाल दलित मुक्ती संगठन ,नेपाल बुद्धिजीवी परिषद , नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन , पेशागत महासंघ ,अखिल नेपाल किसान संगठनले प्रदर्शन एंवम ज्ञापनपत्र बुझाएको हो । साहयक जिल्ला प्रमुख अधिकारी काशीराम गैरेलाई उक्त ज्ञापनपत्र बुझाएको नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्कीले जनाकारी दिनुभयो । भ्रस्टचारिलाई कारवाहि गर्ने बिसयमा सम्पुर्ण जनता एक होअैँ , भुटानी शरणार्थिको नाममा मानब तस्करि गर्नेलाई कडा कारबाहि गर , सुशासन कायम गर लगाएका प्ले कार्डहरु प्रदशनी गर्दै बिरोध गरेका थिए।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई राज्य संयन्त्रमा बसि सेटिङ्गमा भ्रष्टाचार र मानव तस्करी गर्ने गिरोहलाई कडा भन्दा कडा कार्वाही गर भन्ने माग गर्दै बिरोध कार्यक्रम सम्पन्न गरेको हो ।