नेकपा (एस) निकट भुपु सैनिक प्रहरी संगठनले सोमबार दमौलीमा सांकेतिक बिरोध कार्यक्रम गरेको छ ।भ्रस्टचारिलाई कारवाहि गर्ने बिसयमा सम्पुर्ण जनता एक होअैँ , भुटानी शरणार्थिको नाममा मानब तस्करि गर्नेलाई कडा कारबाहि गर , सुशासन कायम गर लगाएका प्ले कार्डहरु प्रदशनी गर्दै बिरोधमा गरेका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई राज्य संयन्त्रमा बसि सेटिङ्गमा भ्रष्टाचार र मानव तस्करी गर्ने गिरोह लाई कडा भन्दा कडा कार्वाही गर भन्ने माग गर्दै नेकपा (एस) निकट भुपु सैनिक प्रहरी संगठनले सांकेतिक बिरोध कार्यक्रम सम्पन्न गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी लागाएतलाई प्रहरीले पक्राउ गरेपछि नेकपा (एस) निकट भुपु सैनिक प्रहरी संगठनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो ।

उक्त कार्यक्रममा नेकप एसका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ, नेकप एस केन्द्रिय सदस्य कलिला खान, नेकप एस तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कि नेकप एस तनहुँ जिल्ला उपाध्यक्ष मनुमाया श्रेष्ठ, जिल्ला उपसचिब मंगल प्रसाद श्रेष्ठ लगातको उपस्थिति रहेको थियो।
https://www.facebook.com/TanahunTarangaNews/videos/633839561930891