नेपाली कांग्रेस तनहुँले नेपाली गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बन्नु भएकोमा पार्टी सभापति जीतप्रकाश आलेलाई गरेको बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरेको हो । सो अवसरमा भण्डारीले अनुशासन हिनताले पार्टी कमजोर भएकोले सुधार गर्नु पर्ने बताए । अनुशासनको दायमा नबस्ने, मनलाग्दी बोल्ने जति नै हण्डर खाएपनि नसच्निने, सच्चिन नचाहने, नसुध्रिने र सुध्रिन नचाहने प्रवृतिले गर्दा पार्टी कमजोर भएको भण्डारीले बताए । बारम्बार गलत चिन्तन ग्रसित हुनु र अनुशासन हिनताले ग्रसित भएकोले वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित हुनु परेको भनाई थियो । कपोकल्पित ढङ्गले टिका टिप्टपी गर्ने, हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकोमा नेता भण्डारीले चिन्ता व्यक्त गरे । नेता भण्डारीले देश आर्थिक दृष्टिले अहसज, अन्योल गंभिर राजनीतिक घटनाक्रमले गुज्रिएको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरु जोडिएको घटना आएको प्रति भण्डारीले कानुन, ऐन विपरित काम गरेका सजाए गर्न कांग्रेसले सहयोग गर्ने बताए । नेता भण्डारीले भन्नुभयो ‘‘सरकारले कानुनी दायमा रहेका काम गर्ने हो त्यसमा कांग्रेसले सहयोग गछ’र्’ । नेपालको राजीनितिमा बाह्य शक्तिको गंभिर प्रभाव परेको समेत नेता भण्डारीको भनाई थियो । कार्यक्रममा नव नियुक्त मन्त्री आलेले भने ‘‘मैले पाएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक आफूसँग भएको योग्यता र क्षमतालाई लगाउँछु, गर्व गर्ने गरी काम गर्छु, तनहुँको शिर निहुरिन दिन्न ।’’ पदमा रहुञ्जेल देश र जनताको हित काम गर्ने उनको भनाई थियो । जीवनभर पार्टीको लागि जे काम गरें त्यो भन्दा ठुलो स्थानमा पार्टीले पु¥याएको आलेले बताए । आर्थिक मन्दी, स्वदेशमा रोजगारीको अभाव अहिले मूख्य समस्या भएकोले त्यसलाई समाधान गर्न पहिलो प्राथमिकता दिने मन्त्री आलेको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल लगायतले खारिएको अनुभवी नेताले अवसर पाएकोले विकास निर्माणले गति लिने विश्वास व्यक्त गरेका थिए ।
