सुरेश सुनार तनहुँ

तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं १ मौरीयाटार बस्ने एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । ६८ बर्षिय ओम ब नेपाली आफै खोलाबाट पानि तान्ने मोटर चलाउने क्रममा उनि करेन्ट लागी घाइते भएका थिए । तेसपस्चात उनलाई उपचारको लागी तनहुँ जिल्ला अस्पताल दमौली ल्याईएको थियो । उनको उपचारको क्रममा मृतु भएको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी एबं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उक्त घटना सम्बन्धि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।