प्रकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुर्दशन प्रधानले तनहुँको शुक्लागण्डकी , व्यास आवुँखैरेनी , बन्दिपुर र म्याग्दे गाँउपालिकाहरुले आ– आफ्नो पालिकाहरुमा जम्मा हुने फोहोरहरु , खुल्ला ठाँउहरु र खोला, नदी किनारहरुमा फयाक्ने कार्य तुरुन्त बन्द गनुपर्ने बताउनु भएको छ ।बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् । उहाँले उत्सुक वातावरण संस्थाहरुसंग समन्वय गरेर फोहोर व्यवस्थापन पूर्ण रुपले पर्यावरण मैत्री तुल्याउनमा जोड दिएका छन्। फोहोरहरु जम्मा गर्दा मल बन्न ७० प्रतिशत अर्गानिक मल नै बनाउनु पर्छ अरु कागज, कार्टुन र प्लाष्टिक, रबर , सिसा , सेरामिकहरु पुर्न प्योगको लागि सम्बन्धित कारखाना र उद्योगहरुमा पु¥याउन पर्छ यसका लागि माथिका पालिकाहरु राजमार्ग वरपर फोहोर छुट्याउने टहराहरु निर्माण गनुपर्छ र आम्दानी लिन पर्छ बताउनुभयो । शहर बजारका जनताको मलमुत्रबाट १०० देखि ५०० घनमिटरको ठुलो बायो ग्यास र गाँउका जनताको मलमुत्र ६–१० घन मिटरको गोवर ग्यास निर्माण गरेर वातावरणको संरक्षण , उर्जा प्राप्ती हुने र मल पनि आपूर्ति हुने निती अपाउनु पर्छ । तनहुँ जिल्लामा झण्डै ८० प्रतिशत जनता गाँउमा छरिएर रहेका छन् । ति सबैलाई उपयुक्त र सुरक्षित भु–भागमा एकिकृत बस्तीमा रुपान्तरण गर्न पर्छ । यसले प्रकृतिको संरक्षण , जनतामा सुखीशान्ति र देशको समृद्धिमा महत्वपूर्ण भुमिका खेल्नेछ । यसबारे हरेक क्षेत्र र तहका आफ्नो कार्यकालमा महान कर्महरु गर्नुपर्नेमा जोड दिएका थिए ।