शेर्पा समुदायको ग्याल्पो ल्होसार धुमधाम साथ मनाईदै

सुरेश सुनार तनहुँ
देशभर शेर्पा समुदायको ग्याल्पो ल्होसार धुमधाम साथ मनाईदै छ ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपर्दाका दिन मनाइने साँस्कृतिक पर्व शेर्पा समुदायले बिभिद कार्यक्रम गरी मनाएका हो । एस दिनलाई नयाँ वर्षका रुपमा मनाईन्छ । आज देशभर २१४९ औँं ग्याल्पो लोसार मनाईएको हो । बराह बर्ष पूरा भई मुरा बर्ष सुरुभएको छ । यो लोसारलाई मुसा , बाघ , गाई , खरायो , सर्पा , घोडा , भेडा, चरा, ड्रागन, ककुर र बराहगरी १२ बर्गमा बिभाजन गरियको छ । यो लोसार तीन दिनसम्म विशेष महत्वाका साथ मनादै आईरहेको पाहिन्छ । सेर्पा समुदायका ब्याक्तिहरु बुद्ध धर्ममा बिस्वास राख्ने हुनाले पहिलो दिन पूजापाठ गरेको गुम्बा गई गुरु दर्शन तथा अमसिर्वाद दिने गरीन्छ जस्लाई लामा लोसार भनिने गरिन्छ । दोश्रोदिन परिवारिक जमघट तथा आफन्तसँग भेटघाट परिकार पकाएर सामुहिक रुपमा भोज खाने गरिन्छ जुन परिवार लोसार मानिन्छ । तेसैगरी तेस्रो दिन बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल , भैरब , ढकाल आदिको पूजा गरिन्छ जस्तै धर्मपाल लोसार भनिन्छ । सरकारले ग्याल्पो लोसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । लोसारको अबसरमा राष्टपति, उपराष्टपति ,प्रधानमन्त्री लगाएतले सुभकामना दिएका छन ।