Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त

गृहमन्त्रीद्वारा धन्यवाद व्यक्त

सुरेश सुनार

१६ फाल्गुन २०७८, सोमबार

415
Share

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता(एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गर्नुभएको छ । गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजनक मधुसुधन भट्टराईले जानकारी दिनुभयो । उहाँले सुरक्षाकर्मी साथी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गर्नुभएको छ । “एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाह उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो”, गृहमन्त्रालयका प्रवक्तासमेत रहनुभएका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताउनुभयो । गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

रासस
रासस

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

Tanahun Taranga media

वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal