तनहुँको दमौली अस्पतालमा भाइरल संक्रमणका बिरामीको संख्या बढेका छन् । मौसम परिवर्तन भएसंगै भाइरल संक्रमणका बिरामीको संख्या बढ्न थालेको दमौली अस्पतालले जनाएको छ । बिरामी उपचारका लागि दैनिक दुई सय भन्दा बढी अस्पतालमा आउने गरेको दमौली अस्पतालका निमित्त सुपरीटेण्डेन डा दिवस ढकालले जानकारी दिनुभयो । शरीर भारी हुने,शरीर दुख्ने,टाउँको,आँखाको गेडी दुख्ने,ज्वरो आउने,शरीर आलस्या हुने लगायतका भाइरल संक्रमणका मुख्य लक्षण रहेको उहाँले बताउनुभयो । दुई दिनदेखि सात दिनसम्मको अवधिमा भाइरल संक्रमण निको हुन्छ । यदि निको भएन भने पुन ः ब्लड परीक्षण गर्नुपर्ने हुन्छ ,उहाँले भन्नुभयो । व्यास,ऋषिङ्ग,म्याग्दे गाउँपालिकाका साथै छिमेकी जिल्ला लम्जुङ्ग,गोरखा र कास्कीका केही भेगका मानिसहरु समेत यस अस्पतालमा उपचारको लागि आउने गरेका छन् ।