बैशाख १०मा सम्पन्न तनहुँ निर्वाचन क्षेत्र नं.१ को उपनिर्वाचनमा नेपाली कांग्रेस क्षेत्र नं.१ कार्य समितिले मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाता एवं गठबन्धनका नेता तथा कार्यकर्तामा धन्यवाद व्यक्त गरेको हो ।
निर्वाचनमा कांग्रेसलगायत गठबन्धनले अपेक्षा गरेअनुसारको परिणाम प्राप्त गर्न सकेको छैन । नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत ७०÷७५ वर्षदेखिको निरन्तर क्रियाशील हजारौं पार्टी सदस्यहरु भएको कांग्रेस तनहुँले समय समयमा भएका निर्वाचनमा सफलता असफलता भोग्दै आएको क्षेत्रीय सभापति श्यामकुमार मौरतीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
“सफलता असफलता भोगे पनि लोकतन्त्र र संविधानको रक्षा गरी जिल्लाको विकास अभियानमा कांग्रेस निरन्तर प्रतिबद्ध भएर लागिरहेको छ । यस निर्वाचनमा देखिएका विभिन्न पक्षको उचित समयमा गम्भिर समिक्षा गरिने नै छ,” विज्ञप्तीमा भनिएको छ । निर्वाचनमा हार जीत लोकतन्त्रको मान्यता रहेको यहाँ स्मरण गर्दै निर्वाचन परिणामले निरास नहुन लोकतन्त्रवादी सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछौं भनिएको छ । साथै कांग्रेस सदाझैं तपाईको घरआँगनमा उपस्थित भई विकास अभियानमा रहेने प्रण विज्ञप्तीमा गरिएको छ । निर्वाचित प्रतिनिधलाई बधाई ज्ञापन गर्दै तनहुँको विकास अभियानलाई निरन्तरता दिन समेत ध्यान केन्द्रित गर्न अनुरोध गरिएको छ ।
साथै विज्ञप्तीमा निर्वाचन सम्पनन गर्न सहयोग पु¥याउने निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी लगायत आममतदातामा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । यसैगरी नेपाली कांग्रेस व्यास नगर समितिले पनि मतदातालाई धन्यवाद दिएको छ ।
व्यास नगर समितिद्धारा पनि अभार व्यक्त यसैबीच
नेपाली कांग्रस नगर सभापति सूर्यचन्द्र हड्खलेद्धारा जारी विज्ञप्तीमा अभार व्यक्त गरिएको छ । निर्वाचनको परिणाम हाम्रो अपेक्षा अनुसारको नभएको विद्धितै छ यस निर्वाचन अभियानमा हाम्रो तहबाट भएको कमि कमजोरीलाई आगामी दिनहरुमा समिक्षा गरिने विज्ञप्तीमा बताईएको छ । ‘‘निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिँदै आगामी दिनहमा समयानुकुल पार्टी पंक्तिलाई सुदृढ गर्ने तर्फ हाम्रो ध्यान जानेछ’’ विज्ञप्तीमा भनिएको छ । लोकतन्त्रमा हार र जित स्वाभिक भएको उल्लेख गर्दै निर्वाचनमा क्रियाशिल पार्टीका प्रतिनिधी, शुभेच्छुक सबैमा धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।
केन्द्रीय सदस्य भट्टराईले दिए वाग्लेलाई बधाई
तनहुँ, वैशाख १२ गते
सत्ता गठबन्धनबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ–१ का विजयी उम्मेदवार रास्वपाका डा. स्वर्णिम वाग्लेलाई बधाई दिनु भएको छ ।
माला लगाएर मङ्गलबार बधाई दिँदै भट्टराईले चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रहेको उल्लेख गर्दै यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सफताको कामना गर्नु भएको थियो ।
साथै उहाँले लोकतन्त्रका जीत र हार स्वभाविक भएकोले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहने बताउनुभयो । विजयी उम्मेदवार वाग्लेले भट्टराई त्यागी, सादगी र विकास प्रेमी नेता भएको र निर्वाचनको प्रतिस्पर्धाको क्रममा कहिल्यै नराम्रो कुरा नगरेको बताउनुभयो ।