चितवन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रवि लामिछानेले अग्रता कायम गरेका छन् ।इच्छाकामना– ३ को मतगणना जारी रहँदा रविले फराकिलो अग्रता लिएका हुन् । उनले ११५५ मत प्राप्त गर्दा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । शुरूआतमा एमालेले अग्रता लिए पनि लगत्तै रवि अगाडि लागेका हुन् । मंसिर ४ मा चितवन- २ बाट रवि फराकिलो मतान्तरले विजयी भएका थिए ।