तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । आइताबार रातिबाट सुरु भएको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले अग्रता लिएका हुन् । यो समचार समप्रसण गर्दा सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ९ सय ५८, नेपाली कांग्रेसले ९ हजार १ सय २०,नेकपा एमालेले ५ हजार १ सय ६६ मत प्रप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले ६ हजार ८ सय ३८ मतले अग्रता लिएका छन् ।
