आज तनहुँ क्षेत्र नं १ मा भएको उपनिर्वाचनमा ५१.२० प्रतिशत मत खसेको छ । तनहुँमा कुल ६३ हजार ७५७ मत खसेको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र न १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मतपेटिका आउने क्रम जारी रहेको छ ।
