तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द् भट्टराईसँग आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । वैशाख ७ गते राति १२ मौनअवधि सुरु भइसके पछि पनि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । समितिले भट्टराईलाई २४ घण्टा भित्र आफु उपस्थित भई स्पष्टीकरण दिन मुख्य निर्वाचन कार्यलय तनहुँले जनाएकाे छ ।