वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मतदान अधिकृतहरु बिहिबार देखि ६९ मतदान स्थालमा खटिएका छन् । निर्वाचनका लागि ७ सय ६० जना कर्मचारीहरु परिरचालन गरिएको निर्वाचन कार्यलयका कम्पयुटर अप्रेटर दुर्गा माया आले बताईन् । १५२ मतदान केन्द्रमा एक वटा मतदान केन्द्रमा पाँच जना कर्मचारी अरु स्वयंसेवक र सुरक्षकर्मीहरु खटिनेछन् । निर्वाचनका लागि १ लाख ३६ हजार थान मतपत्र भित्रिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताए । मतपत्र,छेकेबार, स्वस्तिक ,छाप, मतपेटिका, सियो धागो लगाएतका सामग्रीहरु ति मतदान अधिकृतहरुले बुझिसकेका उनले भने । तनहुँ क्षेत्र नं १ मा कुल मतदाता संख्या १लाख २३ हजार ३ सय पाँच जना रहेकामा पुरषको सख्या ५९ हजार ५ सय ४० र महिला ६३ हजार ७ सय ६५ रहेको निर्वाचन कार्यलयले जनाएको छ ।