तनहुँ क्षेत्र नं। १ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेका बुवा चढ्ने गरेको गाडी तोडफोड भएको छ। ११ च ४२५० नम्बरको कार दमौली स्थित सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको थियो । वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइ थप अनुसन्धान भइरहेको वाग्लेका सहयोगी श्रीराम न्यौपानेले बताए ।