नेकपा एमालेका सचिव एवं माननीय सांसद योगेश भट्टराई तनहुँले अब नेतृत्व बदल्नु पर्ने बताएका छन् । विहिबार दमौलीमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा सो कुरा बताएका हुन् । भट्टराईले अहिले सम्म नेपाली कांग्रेसले नेतृत्व गरे पनि बिकास र परिबर्तन हुन नसकेकाले अब एमालेले नेतृत्वा गनुपर्ने बेला भएको बताए । नेकपा एमाले पार्टीको इतिहास बनाएर भविष्य कोर्ने पार्टी भएको बताउँदै शान्तिपूर्ण र भएरहित वातावरणमा नागरिकले निर्धक्क रुपमा मतदान गर्ने वातावरण सृजना गर्नुपर्नुपर्ने बताए । जुन पार्टी आफ्नो क्षमतामा उभिएका छन्, उनीहरु अघि आउनुपर्छ,त्यसको लागि एमाले क्षमतमा उभिदै आएकोले एमालेलाई अगाडि ल्याउनुपर्छ उनले भने । नेता भट्टराईले यस उपनिर्वाचनले चुनावको समयमा मात्र गरिने गठबन्धनको अन्त्य गरिनुपर्नेमा समेत जोड दिएका थिए । चुनाव गठबन्धन संस्कृतिले ठुलो अन्यौलता ल्याएको बताउँदै नेता भटटराईले सरकार बनाउन नसकेको,स्थायीत्व प्रदान गर्न नसकेको,जनताको आशा भरोसा जगाउन नसकेको र राष्ट्रको गरिमालाई माथि उठान नसकेको आरोप लागएका थिए ।
