राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको समयमा आचार संहिता उल्लघन प्रति कारबाहीको माग गरेको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यलयमा रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले निर्वाचन आचरसंहिता उल्लघन भएको ध्यानाकर्षण पत्र जारी गर्दै निवेदन दिएका हुन् । बैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रेमा भएको चुनावी सभामा संम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आएका थिए । गठबन्धनका उम्मेदवारको प्रचारप्रसार र समर्थनका लागि बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व मन्त्रीहरुको टोली सहितको नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका थिए ।
संम्बोधनका क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएमा नेताहरुलाई मन्त्री,प्रदेशमन्त्री,मुख्यमन्त्री बनाउने जस्ता आश्वसन दिई आममतदालाई अनुचित प्रभाव पर्ने कार्य भए गरिएको प्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ । उक्त कार्य निर्वाचन संम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ३ बिपरीत भएकोले निर्वाचन कसुर तथा साजय ऐन २०७३ तथा निर्वाचन कसुर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही गरी पाउँ भनि निवेदन पेश गरिएको सो पार्टीले जनाएको छ ।