वैशाख १० मा हुन गईरहेको उपनिर्वाचनमा तनहुँ १ बाट एमाले पार्टीका उम्मेदवार सर्वेन्द्र खनाल यतिबेला मत आफ्नो तिर पर्ने व्यक्त रहेका छन् । खनाल हाल चुनाव प्रचारप्रसारमा सक्रिय हुदै मतदाताको घरदैलोमा पुगेका हुन् । विगतमा भएका झुटा आश्वासन जस्तो गर्नुभएन, काम गरेर देखाउनुपर्छ । तपाईं आएको हामीलाई विश्वास छ भन्ने मतदाताको प्रतिक्रिया पाइरहेको छु । रेस्पोन्स राम्रो पाउँदा उत्साहित भएर अघि बढिरहेको खनालले बताए ।
चुनवी अभियानमा हिड्दा सामान्य पूर्वाधार पनि छैन । खानेपानीको समस्या छ, शुद्ध खानेपानी नपाएको ठाउँ ठाउँबाट कुरा आइरहेको छ । स्वास्थ्य चौकीका समस्या छन् । बाटो, घाटो छैन, कृषिका लागि मल पाउने अवस्था छैन । रोजगारी र गुणस्तरीय शिक्षा छैन यिनै बिषयलाई केन्द्रीत गरी चुनावी एजेण्डा लिएर अघि बढेको खनालले बताए ।