नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धन सरकारले अवको पाँच बर्षभित्र काम गरेर परिणाम दिने बताए । नेपाली काँग्रेस व्यास नगर समितिले मंगलबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन सो कुरा बताएका हुन् । देशमा आम्दानीको तुलनामा खर्च बढी हुँदा आर्थिक तरलता आएको उल्लेख गर्दै खर्च कटौती गरी आम्दानीको स्रोत बृद्वि तर्फ सरकार गम्भीर भएर लागेको बताए । दैनिक तीन हजार बढी युवायुवती बिदेशीनु परेको चर्चा गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ लाग्नुपर्ने र त्यो सम्भव रहेको बताए । गोबिन्द भट्टराईलाई अत्याधिक मत दिएर बिजयी गराउन समेत अग्रह गरे । त्यस्तै महासचिव बिश्वप्रकाश शर्माले राजनितिमा परिर्वतन हुनु पर्ने बताए । हिजो राजनीति परिवर्तन अहिले राजनीतिमा परिवर्तन गरी देशको अर्थतन्त्रलाई चलयमान बनाउने किसिमले अघि बढाउन आवश्यक रहेको बताए । राजनीतिक क्षेत्रमा मात्रै नभई आत्मनिर्भरमुखी र अर्थतन्त्रलाई सबल बनाउँदै राष्ट्रिय स्वाधिनता कायम गर्ने दिशातर्फ सरकार अघि बढ्न आवश्यक रहेको छ ।