तस्विरमा देखिए अनुसार नेपाली कांग्रेस तनहुँका कार्यकर्ताको जक्सन सरकारी कार्यलय जस्तो देखिएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेस तनहुँका कार्यकर्ताले चुनाव प्रचारका लागि सरकारी भवन प्रयोग गरेको पाईएको छ । व्यास नगरपालिका वडा नं ३ स्थित रहेको अतिथि गृह भवनमा नेपाली कांग्रेसका केन्दिय सदस्य शंकर भण्डारी लगाएत करिब ५० जनाको हारहारीमा खिचिएको सामुहिक तस्विर सार्बजनिक भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले उम्मेदवारको प्रचारप्रचारको लागि अतिथि गृह भवन प्रयोग गरेको भन्दै सञ्जालमा आलोचना गरेको समेत देखिएको छ । नेपाली कांग्रेसका केन्दिय सदस्य शंकर भण्डारीलाई भेट्न अतिथि गृह भवनमा युवाहरु गएको बताईको छ । तर यस्ता सरकारी भवनहरु चुनाव प्रचार प्रसारका लागि प्रयोग गर्न नपाइने , झन्डा टास्न वा उम्मेदवारको र्निर्वाचन चिन्न राख्न वा टास्न नपाईने अंचारसहितामा उल्लेख छ ।
तस्बिर: संजाल