तनहुँ क्षेत्र नं १ मा नेकपा एमालेको तर्फवाट प्रतिनिधीसभा उपनिर्वाचनका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँको क्षेत्र नं १ लाई उत्कृष्ठ वनाउने वताएका छन् । चुनावी अभियानका क्रममा भानुमा कार्यकर्ता भेटघाट तथा सभालाई सम्वोधन गर्दे खनालले सो कुरा वताउनुभएको हो । देशमा प्रचुर सम्भावना भएको तर जिम्मेवार पदमा रहेर पनि पदिय भुमिका ननिभाउँदा विकास निर्माणमा पछि परेको छ । जिल्लामा राष्ट्रिय राजनितीमा पकड राख्ने नेताहरु भएता पनि काम नगर्दा जनतामा नैराश्यता छाएको छ । म आफुलाई काम गर्न सक्ने आत्माविश्वास रहेको हुदाँ जनताको आवश्यकतालाई ध्यान दिएर काम गर्ने खनालले वताए । देशको कानुन विश्वमा नै उत्कृष्ठ भएता पनि कार्यन्वयनको पाटो फितलो हुदाँ जनताले दुःख पाएको छ । संसद, मन्त्री हुने तर लाचारी प्रकट गर्ने नै नेपालको दुर्भाग्य हो । नेतृत्वमा रहने तर यस्तै छ भन्ने प्रवृत्तिले जनताको आवश्यकता पुरा नहुने हुदाँ व्यवहारिक कार्यन्वयनका लागी आफनो उम्मेदवारी दिएको वताए ।

देशमा भष्ट्राचार, अनियमितता र ढिलासुस्ती छ । विगतमा मेरो नेतृत्वमा ठुलो ठुलो योजनाले मुर्त रुप लिएको हुदाँ आत्माविश्वास का साथ काम गर्ने पनि खनालले वताए । क्षेत्र नं १ त विकास निर्माण मा उत्कृष्ठ वन्छ नै, जिल्ला हुदै देशमा नै तनहुँको परभाव रहने गरि काम गर्ने पनि उम्मेदवार खनालले वताए । सम्वन्धित जिम्मेवार निकायलाई नियमन गर्न सकिने हुदाँ काम गर्ने ईच्छाशक्ति र खुवी आफुमा भएको समेत उनले वताए । तनहुँको क्षेत्र नं १ विकास निर्माणमा पछाडी परेको हुदाँ आफनो जित पछि विकास निर्माणमा फड्को मार्ने पनि खनालले वताए । जनताको आर्थिक अवस्था पछाडी पर्नुमा अहिलेको नेतृत्वको कमजोरी रहेको हुदाँ सिमित व्यक्तिको हातमा देशको अर्थतन्त्र रहेको हुदाँ त्यसलाई चिर्न सक्ने ल्याकत आफुमा रहेको उनले वताए ।