म्याग्दे गाउँपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । म्याग्दे गाउँपालिका ५ नं। वडाका वडाध्यक्ष श्री शिव बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष श्री बालकृष्ण घिमिरेले कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ३ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने व्यवस्था भएको, देशमा सङ्घीयता कार्यान्वयन भएसँगै म्याग्दे गाउँपालिकाको स्थापना पछि हरेक वर्ष ५ नं। वडा कार्यालयले प्रत्येक आ।व। मा एक पटक ८० वर्ष र माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको साथै आ।व। २०७९र८० को स्वीकृत कार्यक्रम बजेट शीर्षक नं। ४७१ बमोजिम ७त्रगयतसज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको थियो । वडा सदस्य श्री खिमानन्द वाग्लेले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा वडा सदस्य श्री चिनीमाया थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

म्याग्दे गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखा प्रमुख श्री शारदा गैह्रे र यसै वडाका सेवा निवृत्त वडा सचिव श्री मिरा देवी अधिकारीले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिले ज्येष्ठ नागरिकहरूलाई वृद्ध भत्ता आफ्नो इच्छानुसार खर्च गर्नु पर्ने, परिवारका सदस्यहरूले वृद्धवृद्धाहरूको विशेष ख्याल राख्नु पर्ने लगायतका कुरा राख्नु भएको थियो । ज्येष्ठ नागरिकहरूलाई अध्यक्षले तामाको उपहार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्षले वृद्धवृद्धाको ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिम हक अधिकारको बारेमा जानकारी गराउँदै यस वडाका वृद्धवृद्धाहरूले हालसम्म वडामा गुनासो लिएर नआएकोले आफ्नो वडावासीहरूले वृद्धवृद्धाहरूको आदर गरेको तर भोलि कहिँ कतै वृद्धवृद्धालाई दुःख कष्ट दिइएमा वडा परिवार ज्येष्ठ नागरिकको हक अधिकार दिलाउन कुनै कसर नछोड्ने बताउनु भयो । ज्येष्ठ नागरिकहरूको अनुभवजन्य ज्ञान, सीप, विचारहरू, जीवनका भोगाइहरू प्रस्तुत गर्ने क्रममा श्री सिरी माया गुरूङ, श्री रविलाल अर्याल, श्री पूर्ण बहादुर सार्कीले अन्य ज्येष्ठ नागरिकहरूले दुःख पाएको, धन सम्पत्तिका लागि परिवारजनले स्नेह नदिएको, बुढेसकालमा आश्रमहरूमा लगेर छोड्ने लगायतका संस्कार नराम्रो भएको, अहिलेका युवाहरू भोलिका वृद्धवृद्धा हुने कुरालाई बिर्सन नहुने धारणा प्रस्तुत गर्नु भएको थियो । सम्मानित हुने ज्येष्ठ नागारिकहरूको संख्या २५ जना थिए । सम्मानित हुने अधिकांश ज्येष्ठ नागरिक यस कार्यक्रममा उपस्थित हुन पाऊँदा निकै खुसी हुनुहुन्थ्यो ।