सडकमा खाऔ सडकमा रमाऔ ,आन्तरिक तथा बाह्य पर्यटक प्रबद्वन गरौँ नारा सहित नयाँ वर्षको अबसरमा बन्दिपुरमा १० औँ सांस्कृतिक ,मौलिक तथा सडक महोत्सव अाजबाट सुरू भएको छ ।बन्दिपुरमा महाेत्सवका कारण पर्यटनहरू भित्रएका छन् २ गते सम्म चल्ने उत महाेत्सवमा ५० हजार पर्यटक भित्राउने लक्ष्य रखिएकाे बन्दीपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधान बताउछन् । कार्यक्रमको मुख्य उद्देश्य बन्दिपुरमा पर्यटन व्यवसायीहरुको आर्थिक उन्नतीमा बृद्धि गर्नु को साथै संस्कृति , परम्परा र मौलिकता साथै लोब हुना लागेका कला संस्कृतिको जर्गेना गर्ने साथै आन्तरीक तथा बाहय पर्यटकहरु लाई मनोरञ्जन गराउनुको साथै पर्यटकहरु बढी भन्दा बढि भित्रयाउने रहेकाे बन्दिपुर गाँउपलिकाका संरक्षण सुनिल पाण्डेले बताए ।