नेकपा एमालेको तर्फवाट प्रतिनिधीसभाको उपनिर्वाचनमा उम्मेदवार सर्वेन्द्र खनालले विकास र समृद्धि नै आफनो चाहना भएको वताएका छन् । राष्ट्रसेवामा लामो समय योगदान गरेको र अव देश र जनताको चाहना पुरा गर्नका लागी आफुले उपनिर्वाचनमा उम्मेदवार दिएको वताए ।

प्रहरी संगठनमा रहेर ठुलो ठुलो मिशन पुरा गरेको हुदाँ अवको उद्येश्य सामाजिक योगदान हो । यसका लागी जनतावाट अनुमोदन भएर देशको विकास गर्न चाहन्छु । पदमा रहेर धेरै काम गर्न सकिने हुदाँ यस अघिका जनप्रतिनिधीले जनतालाई धोका दिएको छ । जसका कारणले जनतामा नेता र राजनितीप्रति नै आक्रोश पैदा गरेको छ । त्यसलाई चिर्नका लागी नै म राजनितीमा आएको हुँ, उम्मेदवार खनालले वताए ।

देशमा भष्ट्राचार र वेथिती छ, जसलाई म नजिकवाट जान्दछु । पदमा रहने तर केही नगर्ने प्रवृक्तिले जनआक्रोश वढेको हुदाँ म त्यसलाई समाधान गरेर जनताको विकास र समृद्धिम लाग्नेछु, खनालले वताए । जनताको आशाको किरण नेकपा एमाले मात्र भएको हुदाँ परिवर्तन एमालेको सरकारले मात्र गर्न सक्ने खनालले दावी गरे । सरकारी सेवामा रहेर देश र जनताको सुरक्षाका लागि लडेको वताउँदै खनालले देशमा भएको अराजकताको अन्त्यमा आफुले ठुलो योगदान गरेको वताए ।

देशमा जनयुद्ध, मधेश आन्दोलन, ललिता निवास लगायत विभिन्न विषयमा नेतृत्वकर्ताको भुमिका वहन गरेको छु । शान्तिसुरक्षामा आफुले खेलेको भुमिकालाई समेत नजिकवाट नियाल्न उम्मेदवार खनालले आग्रह गरे । सरकारी सेवामा रहेर आफुले योगदान गरिसकेको हुदाँ जनप्रतिनिधी वनेर समाज रुपान्तरण गर्न सकिने विश्वास खनालले गरे ।