तनहुँ देवघाटमा रातको समयमा पनि सर्वेन्द्र जिताउ नारा घन्किएको छ । बैशाख १० गते हुनगईरहेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा एमालेवाट उमेदवार बनेका पुर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई जिताउन बिहान,दिउँसो र राती नभनिकन स्थानीयबासी लागिपरेका हुन् ।
एमालेले चुनाब प्रचारप्रसारको लागि देवघाटमा घरदैलो कार्यलाई तीब्रता दिदै आएका छन् । उक्त पालिकामा घर्दैलो गर्ने क्रममा राति ९ बजे सम्म पनि खनाललाई जिताउ भन्ने नारा सहित शुभचिन्तकहरुको भीड लाग्ने गरेको बताइएको छ । देवघाटको बिभिन्न टोलमा प्रचारप्रसार गर्दै जाँदा देवघाट गापा वडा नं ५ को रातमाटा, र बसन्तपुमा खनाल सहितका कार्यकर्ताहरु राति करिब ९ः०० वजेतिर पुगेका थिए । करिव सय भन्दा बढिको संख्यामा हातमा खादा , फुलको माला र अबिर लिएर खनालको स्वागतको लागि बसिरहेको स्थानिय ५० बर्षिय ईन्दिरा अर्यालले बताईन् । उनले भोलि देशको भबिस्य र तनहुँको बिकास गर्न सक्ने साहासि नेता उहाँ नै भएकोले रात परेपनि कुरेर स्वागत गरिएको उनले जानकारी दिइन् ।
सोहि वडा निवसि ३१ वर्षिय गिता पन्थले एमाले बाहेक अन्त भोट नदिने बताएकी छन् । प्रहरीमा रहदापनि देश र जनताको लागि उत्कृष्ट काम गरेकोले नेता भएपछि पनि गर्ने आशााका केन्द्र खनाल देखिएको हुँदा जिताउन सक्रिय भएर लागेको स्थानीयले बताएका छन् ।
उनले देबघाट निवासी अधिकांश महिला दिदिबहिनी मिलेर सर्वेन्द्रलाई जिताउन सक्रिय भूमिका खेल्दै आएको उनले बताईन । स्थानियले खानेपानी लगाएतका अन्य विभिन्न समस्या उम्मेदवार खनाल समक्ष राख्दा चुनाव जिते पनि हारे पनि उल्लेखित समस्या समधानका लागि प्रयास गर्ने आवश्वसन दिदै आएका छन् । स्थानिय समस्या मात्र नभाई राष्ट्रिय , अन्तरराष्ट्रियस्तरको समस्या समधान गर्न सक्ने क्षमतावान उम्मेदवारको रुपमा खनाललाई हेर्ने गरिएको छ ।
चुनावको बेलामा ठुला भाषण गर्ने नेताले जिते पछि फर्केर नआउने प्रवृत्तिको आफुले अन्त्य गर्ने खनालले बताए । जे बोल्यो त्यो गर्ने नेताको रुपमा एमाले कार्यकर्ताले खनाललाई लिने गरेको पाइन्छ ।