तनहुँ क्षेत्र नम्बर १ माहुने उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उम्मेदबार बनेका सर्वेन्द्र खनाल अहिले राष्ट्रिय रुपमा चर्चामा छन् । खनालको उम्मेदबारीले तनहुँको निर्वाचन पनि चर्चामा छ । लामो समय नेपाल प्रहरीको महानिरिक्षकको रुपमा प्रहरी संगठनको नेतृत्व गरेका खनालकै कार्यकालमा नेपाल प्रहरी लगातार दुई वर्ष उत्कृष्ट संगठनको रुपमा पुरस्कृत भएको थियो ।
प्रहरी महानिरिक्षकको रुपमा उत्कृष्ट छवि निर्माण गरेका खनालले तनहुँमा उम्मेदबारी दिएपछि उनको कार्यकालमा प्रहरीले गरेका राम्रा कामहरु तनहुँका मतदाताले स्मरण गर्न थालेका छन् । त्यसमध्ये बालुवाटारको ललिता निवासको जग्गा हिनामिना प्रकरणको प्रहरी अनुसन्धान पनि एक मुख्य हो ।
काठमाण्डौ बालुवाटार स्थित ललिता निवासको ११२ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा दर्ता भएको घटनाको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान पुरा गरि गृहमन्त्रालयलाई आफ्नो प्रतिबेदन बुझाएको थियो । २०४७ सालको अन्तरिम सरकारको पालाबाट सुरु भएको सो सरकारी जग्गा हिनामिना प्रकरणमा प्रधानमन्त्रीदेखि मन्त्रीहुँदै कर्मचारी र न्यायालयसम्मको सेटिङ मुख्य कारण रहेको तथ्य र प्रमाण रहेको प्रहरीको अनुसन्धान प्रतिबेदन थियो ।
सो सरकारी जग्गा हिनामिनाको घटनाको छानविन र अनुसन्धानको मुख्य कमान्डर तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल थिए । तत्कालिन प्रहरी महानिरीक्षक खनालको कमान्डमा केन्द्रिय अनुन्धान व्युरोले उक्त सरकारी जग्गा हिनामिनाको विस्तृत अनुसन्धान गरेको थियो । सेटिङमा हडपिएको सो जग्गा सरकारकै नाममा फिर्ता ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।
सरकारका पूर्वसचिव शारदा प्रसाद त्रितालको अध्यक्षतामा गठित छानबिन समितिको सुझावका आधारमा मन्त्रिपरिषद् बैठकले ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन गर्न र संलग्नमाथि कारबाही गर्न अख्तियार र नेपाल प्रहरीलाई जिम्मा दिएको थियो । उक्त छानविन समिति २०७५ असार १५ गते गठन भई समितिले सोहीवर्षको मंसिर २६ गते नेपाल सरकार समक्ष प्रतिबेदन बुझाएको थियो ।उक्त ललिता निवास प्रकरणको छानविन प्रतिबेदनउपलब्ध गराउने सम्बन्धमा उक्त प्रकरण ठगि तथा लिखित सम्बन्धी कसुरमा मुद्धा दर्ता भई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोमा अनुसन्धानको क्रममा रहेको छ । सो समयमा नेपाल प्रहरीको महानिरिक्षक सर्वेन्द्र खनाल रहेकाथिए । तत्कालिन महानिरिक्षक खनालले कुनै राजनीतिक दवाव र प्रभावमा नपरी उक्त जग्गा हिनामिनाको विस्तृत अनुसन्धान पुरा गरेकाथिए । जुन प्रतिबेदनको आधारमा प्रहरीले दोषीहरुलाई मुद्धा चलाउने तयारी गरेको थियो । खनाल आफ्नो जन्मभुमी भानु नगरपालिकाको टुहुरे पसल र चन्द्रावतीमा सोमबार मतदातालाई भेटघाट गरेका छन् । भेटघाट कार्यक्रमम खनाललाई मतदाताले मत दिने निश्चित समेत गरेका छन् ।