सुरेश सुनार तनहुँ

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता टेबलहुने भनेदेखि नेपाल अधिराज्यभर बिरोध तथा जुलुस प्रदनि गरिएको छ । संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन सरकारका तर्फबाट पहल भए पनि सत्ता साझेदार दलहरूमा नै सहमति जुट्न नसक्दा निष्कर्षमा पुग्न सकेको छैन । कतिपय अबस्थामा एस्तो समेत देखिन्छ एउटै पाटिभित्रपनि एमसिसिका कारण बिबाद र दल बिबादास्पद भेटिने गेको छ । एमसिसी सम्झौताबारे सैद्धान्तिक (सामान्य) छलफलको कार्यसूचीसहित बिहिबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था तथा परामर्श समितिमा सहमति नजुटेपछि यही फागुन १३ गते दिउँसो १ बजेसम्मकालागि स्थगन भएको थियो ।

एमसिसी अनुमोदानका लागि सहमतिका साथ अघि बढ्न सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले निरन्तर प्रयास भने जारी राखेको छ । उसले सत्तामा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का शीर्षनेताहरुका साथै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग निरन्तर छलफल गरिरहेको छ । यही फागुन १६ गतेभित्र एमसिसी सम्झौताबारे निधो गरिसक्न अमेरिकी पक्षले आग्रह गरिसकेकाले यो विषयमा बृहत भईरहेको हो । विभिन्न दलहरु गृहकार्यमा रहेका बेला सडकमा भने एमसिसीको विरोधमा सत्ता गठबन्धनकै केही दलको सहभागितामा प्रदर्शन भइरहेको छ ।

नेपालको सडक पूर्वाधार विकास र प्रसारण लाइन विस्तारका लागि अमेरिकी सरकारले दिने रु ५५ अर्ब बराबरको अनुदानका लागि भएको सो एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको संविधान भन्दा माथि रहेको र देशलाई घातक हुने भएको भन्दै प्रश्न उठाइएकाले सहमति जुट्न सकिरहेको छैन । उल्लेखित बुदाहरुमध्यका कतिपय बुदाहरु देश र जताको लागि अत्याधिक हानिकारक भएको विश्लेषण गर्दै देशका विभिन्न ठाउमा नारा जुलुस लगाईएको छ । तेतिमात्र नभई संसद भबन घेराउ , नेपाल बन्दा प्रशासन घेराउ , मसल जुलुस तथा ब्यानर प्रदशनि समेत भईरहेको छ । तेस्तै तनहुँमा पनि हरेकदिनजस्तै एमसिसिबिरुद्ध बिरोध प्रदशनि भईरहेको छ ।

पाटिगत, स– संस्थागत मात्र नभई स्वातन्त्र नागरीहरुलेसमेत बिरोध तथा प्रसासन घेराउ गरेका छन । यहि फागुन १२ गते करीब १२ बजेको समयमा नेपालाको संसदमा एमसिसि संझौता निणयार्थ पेस हुन गहिरहेको भन्दै जिल्लाका आम नागरिकले समेत बिरोध प्रदशनि गरेका हुन । गो ब्याक एमसिसि , देश बेच्न पाईदैन एमसिसि चाहिदैन , राष्ट्रिय स्वाधिनको रक्षा गरौ जस्ता प्लेकार्ड सहितको विशेष र्यालिमा राष्ट्रय झन्डा फर्फरनउदै प्रशासन घेराउ गरेका थिए ।

जिल्लाका स्वातन्त्र युवा तथा सम्पुण जिल्लाबासि मिलेर सो कार्यक्रमको अयोजना गरेका थिए । अनसन चौतारीबाट सुरु भएर र्याली बजार परीक्रमा गरी सोहि ठाउमा समापन गरीएको थियो । कार्यक्रममा रा प्र पाका क्षेत्रिय उपादक्ष एबं जेस्ट नागरीक मिलन केन्द्रका कोषादक्ष हरी चन्द्र अग्ले, बिघालयका प्रधानध्यापक तथा युपा समाजसेवी किरण नेपाली , बिबेकसिल साझा पाटिका अभियान्ता रमेश प्रसाद आचर्य नेपाल कम्युनिस्ट पाटि समाजबादिका जिल्ला सचिब श्रिराम कार्कि , स्वातन्त्र नागरीक समाजको अगुवा बादल आले , नेपाल कम्निस्ट पाटि का जिल्ला सेक्रेटरी एटम , राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला ब्यास नगरको अध्याक्ष अजित पन्थ , विभिन्न बिधालयका बिधार्थि , बृद्ध – बृद्धा , युवा , विभिन्न पाटिका नेता तथा कार्यक्रता, ब्याबसाई लगाएतको उपस्थिति रहेको थियो ।

mcc tanahun