दमौलीः राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई न्याय गरिनुपर्ने बताएका छन् । मत माग्ने क्रममा तनहुँको भानु नगरपालिका पुगेका उनले गोविन्द भट्टराईलाई न्याय हुनुपर्ने बताएका हुन् । गोविन्द भट्टराईलाई न्याय हुनुपर्छ, उनले भने । मतदातामाझ आशावादी भएर पुगे पनि भट्टराईको पक्षमा नागरिक देखेपछि हतास देखिएका वाग्ले अन्यत्र प्रचारका लागि हिंडेका थिए ।

मत माग्ने क्रममा पुगेका स्थानीयले तनहुँको विकासमा गोविन्द भट्टराईको योगदान रहेको भन्दै भट्टराईलाई नै मत दिने बताएका थिए । गोविन्द भट्टराईले यहाँको विकासका लागि प्रशस्त योगदान दिनुभएको छ, मतदाताले भने, उहाँलाई न्याय गर्नुपर्छ ।

तर, त्यसक्रममा हतास देखिएका उम्मेदवार वाग्लेले भट्टराईलाई राष्ट्रिय सभामा पठाइने भन्दै गलत दावी गरेका थिए । वाग्ले कांग्रेस नभै रास्वपा उम्मेदवारका रुपमा मैदानमा छन् । जबकी भट्टराई प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा जाने गरी चुनावी दौडमा छन् ।

अनि भट्टराईलाई राष्ट्रिय सभामा पठाउने भूमिकामा न वाग्ले छन् । न उनको दल नै । यसरी प्रतिनिधि सभा सदस्य उम्मेदवारका रुपमा उत्रिएका भट्टराईको सहानूभूति लिएर गलत प्रचार गर्ने नियत उनमा देखिन्छ ।