वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तामा समर्थन जनाउँदै रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ आएका हुन् । चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर लामिछाने तनहुँ आइपुगेका थिए। उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा रुपक घिमिरे छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनाल , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङले,नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, ,मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा,नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ ,नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार मनोनयन गरिसकेका छन् । मनोनयनको दर्ता समय आज ५ बजेसम्म तोकेको छ ।