राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार व्यास नगरपालिका ४ सिमलटार स्थित निम्तो पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम गरेको छ । तनहुँ क्षेत्र नं. १ मा वैशाख १० गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै दमौलीमा नेता एवं कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा रास्वपामा उम्मेदवारी दिने तयारी गरेका डा. स्वर्णिम वाग्ले लगायतकाले प्रशिक्षण दिएको रास्वपा तनहुँका अध्यक्ष विकास सिग्देलले जानकारी दिए । चैत्र १९ र २० गते हुने प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाबाट सयौ कार्यकर्ताहरुको दमौलीमा जमघट भएको छ । वैशाख १० को उपनिर्वाचनमा रास्वपालाई जिताउन भावी रणनीति तयार गर्ने, चुनाव प्रचारप्रसार कार्यलाई तिब्र बनाउने विषयमा बृहत छलफल भएको अध्यक्ष सिग्देलले बताए ।
तेस्तै प्रदेश स्तरीय भेलामा ११ वटै जिल्लाबाट नेता एवं कार्यकर्ताहरु दमौली आएको र भेलामा रास्वपाका नेताहरुले विगतको समीक्षा गर्दै निर्वाचनलाई मध्यनजर गरी रणनीतिहरु तयार गरेको पार्टीका सहमामन्त्री कविन्द्र बर्लाकोटीले जानकारी दिए ।
तेस्तै रास्वपा तनहुँ क्षेत्र नं १ का उम्मेदवार आकांक्षी डा. स्वर्णिम वाग्लेले राजनितिक मोडल परिवर्तन गरी छोटो समयमा धेरै बिकाश गर्न र अधिकांस युवाहरुलाई रोजगारी र्सिजना गर्न आफ्नो उमेद्धवारी रहेको बताए । उनले जिवन पर्यान्त राजनिति गर्ने मोडलिटीवाट फर्किएर समय सिमा तोकेर बिकाश गर्न, डिजिटलाईजेसन गर्न , जनतालाई डेलिभरको स्टममा लैजान, बिधिको सासन ल्याउनका लागि आफ्नो उमेद्धवारी रहने बताए । राजनितिक बिरासतलाई जोगाएर सामाजिक आर्थिक प्रगतिको मुद्धा बोक्न सक्ने, युवा पुस्ताको प्रतिनिधि गर्न र तनहुँलाई छिटो बिकाशको बाटोतर्फ लैजानका लागि घण्टीमा भोट दिन वाग्लेले अपिल गरे ।