तनहुँका तिन क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी रहेको छ । जिल्लाका पाँच वटा क्याम्पस मध्ये तिन वटामा मात्र मतदान जारी रहेको हो । शुक्लागण्डकी नगरपालिका स्थित सहिदकृष्ण क्याम्पस, भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पस र आँबुखैरेनी क्याम्पसमा मतदान जारी हुदैछ । शुक्लागण्डकी नगरपालिका स्थित भानुभक्त बहुमुखी क्याम्पस र व्यास नगरपालिका स्थित आदिकवि भानुभक्त क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ । आदिकवि भानुभक्त क्याम्पसले गत शुक्रबार सूचना नै जारी गरी निर्वाचन स्थगित गरेको हो भने भानुभक्त बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन सुरु हुन सकेको छैन ।