बुधबार तनहुँ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र प्रहरी उपरीक्षक अवदेश विष्टलाई स्वागत गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडी बढ्दा प्रशासनलाई धैरै सहज हुने बताएका थिए । तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले प्रहरीको मुख्य जिम्मा नागरिकको जनधनको सुरक्षा गर्नु रहेकोले नागरिकसंगको समन्वय बिना एक्लै सम्भव नहुने भन्दै मिलेर अघि बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं देवकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य बृषराज श्रेष्ठ लगायतकाले स्वागत गरेका थिए।