आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेकोे कार्यकक्षमा पनि ताला लगाईएको छ । चैत्र ५ गते हुनगईरहेको स्वावियूको निर्वाचनमा नेविसंघ तथा अनेरास्वबियू (क्रान्तिकारी )को प्यानलबाट सभापति पदका उम्मेदवार गौरब पन्थको फर्जी बर्गीकरण उम्मेदवारी दिएको भेटिएपछि पन्थको उमेदवारी खारेजिको माग गर्दै विद्यार्थी संगठनले हिजो ताला लगाएको थिए।

आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले लगाए ताला

क्याम्पस प्रशासन र प्रमुखले बेवास्ता गरेको हुदा क्याम्पसको मिलिमतोमा भएको हुनसक्ने भन्दै आज फेरी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइएको छ । फर्जी बर्गीकरणको उम्मेदवारी तुरुन्त खारेज गर्न माग गर्दै स्वबियू निर्वाचनलाई मर्यादित रुपमा अघि बढाउन क्याम्पस निर्वाचन समिति समक्ष जोडदार माग गरेको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष बिशाल रुचालले बताए । उनले माग पुरा नभए सम्म क्यम्पसको ताला नखुल्ने बताएका छन् ।

तेस्तै अनेरास्ववियूका अध्यक्ष राहुल नेपालीले क्याम्पस प्रशासनले बेवास्ता गरे चरणबद्व आन्दोलन अघि बढाउने बताएका छन् । तनहुँको मान्छे मदेशि कोटामा भर्ना हुनु सरासर गलत भएको भन्दै उमेदवारी खारेज हुनपर्ने माग रहेको नेपालीले बताए । क्यम्पस प्रमुखले भने सफ्ट्वयरले गरेको त्रुटि भन्दै पन्छिन खोजेको देखिएको छ ।