आदिकवि भानुभक्त क्याम्पसमा आईतबार विद्यार्थीले ताला लगाएका छन । अनेरास्ववियू र अनेरास्ववियू ९क्रान्तिकारी० बिप्लप निकट संगठनले संयुक्त रुपमा ताला लगाएका हुन । चैत्र ५ गते हुनगईरहेको स्वावियूको निर्वाचनमा नेविसंघ तथा अनेरास्वबियू ९क्रान्तिकारी०को प्यानलबाट सभापति पदका उम्मेदवार गौरब पन्थको फर्जी बर्गीकरण उम्मेदवारी दिएको भेटिएपछि उनको उमेदवारी खारेजिको माग गर्दै विद्यार्थी संगठनले ताला लगाएका हुन् ।

अनेरास्ववियू ९क्रान्तिकारी०काअध्यक्ष बिशाल रुचाल र अनेरास्वबियूका अध्यक्ष राहुल नेपाली ले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै पन्थको उमेदवारी खारेजिको माग गरेका हुन् । सभापति पदका उम्मेदवार पन्थले बिआइसिटीई ९ सेमेस्टरबाट बिए प्रथम बर्षमा आई भर्ना गरिएको भेटिएको छ ।

भर्ना रेर्कड अनुसार बिए प्रथम बर्ष र क्याटोगोरीमा मदेसी भनि बर्गीकरण गराई झुटो र फर्जी बर्गीकरण गराएको देखिएको भन्दै ताला लगाएको बताईएको छ । आदिकवि भानुभक्त क्याम्पसमा बर्षै देखि अध्यनरत तनहुँको बिद्यर्थिलाई मदेसी भनि बर्गीकरण गर्नुमा क्याम्पस प्रशासनको मिलेमतो भएको हुनक्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

फर्जी बर्गीकरणको उम्मेदवारी तुरुन्त खारेज गर्न माग गर्दै स्वबियू निर्वाचनलाई मर्यादित रुपमा अघि बढाउन क्याम्पस निर्वाचन समिति समक्ष जोडदार माग गरेको अनेरास्ववियू ९क्रान्तिकारी०का अध्यक्ष बिशाल रुचालले जानकारी दिए । क्याम्पस प्रशासनले बेवास्ता गरे चरणबद्व आन्दोलनमा अघि बढ्ने रुचालले बताएका छन् ।


