राष्ट्रिय राजनितीमा नेकपा एस को निकै ठुलो भुमिका रहेको नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले बताएका छन । गण्डकी प्रदेश कमिटीको बैठकमा नेपालले उक्त कुरा बताएका हुन । नेकपा ( एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीको बैठक बुधबार र बिहीबार पोखरामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले अहिलेको गठबन्धनलाई खिचडी गठबन्धनको संज्ञा दिँदै विचार नमिल्नेहरुको गठबन्धन भएको बताए । ‘यो गठबन्धन संविधानप्रति पनि प्रतिबद्ध छैन ।

tanahun news

गणतन्त्र प्रति पनि प्रतिबद्ध छैन । संघीयताप्रति पनि प्रतिबद्ध छैन । र, परिवर्तनप्रति पनि गौरवबोध गर्दैन ।’ – अध्यक्ष नेपालले भने । उनले अहिले संविधानको रक्षा गर्ने कि संबिधान च्यात्ने , लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने कि फेरि चिहानमा पुगेको निरंकुश राजतन्त्र ब्युताउन तामझाम गर्ने भन्ने नाच सुरु भएको बताए ।

प्रदेश अध्यक्ष राम्जी शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नेकपा ( एकीकृत समाजवादी) पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्धघाटन गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । बैठक बुधबार र बिहीबार चल्ने र बैठकले भावी रणनीति र कार्ययोजना तय गर्ने सम्बन्धि छलफल भएकाो जिल्ला अध्यक्ष कार्कीले बताए ।