एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको ५४औ स्मृति दिवस तथा १०औ सधारण सभा एव ८औ अधिवेशन सम्पन भएको छ । बिहिबार एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको कार्यलयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्वाघाटन गदै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुवानले एकदेव आले राजनीतिक इतिहासमा क्रान्तिकारी योद्वा रहेको बताउनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलन मुक्ति र नयाँ जनवादी क्रान्तिको लागि ठुलो योगदान गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ल्ला समन्यय तनहूँका प्रमुख शन्तिरमण वाग्लेले आले जिल्लाको एउटा इतिहासको धरोहर भएको बताउनुभयो। कार्यक्रममा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका पुव अध्यक्ष श्रीराम कार्कीले आले भुमीहिन सुकुमबासीहरुको भु अधिकारको लागि अवाज उठाउने र समाजमा सकरात्मक परिबर्तनको लागी लडेने एक योद्धा रहेको बताउनुभयो ।

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान को अध्यक्षमा ः सिग्देल

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान को दशौँ साधारणसभा तथा आठौ अधिवेशनबाट सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट प्रतिष्ठानको उपाध्यक्षमा मनुमाया श्रेष्ठ , महासचिव सिर्जना सिग्देल , सचिवमा माधव अधिकारी , बसन्त दरै र कोषध्यक्षमा गजेन्द्र पन्थ चयन भएका छन् ।