मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गर्दै नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बालेनले राजा फर्काउँछु भन्ने, राजालाई मार्छु भन्ने र राजा चाहिदैन भन्ने तीनवटै दल सरकारमा समावेश भएकोु भन्दै टिप्पणी गरेका हुन्। यस्तै गठबन्धनले जनतालाई सधैं सास्ती हुने गरेको पनि उनले लेखेका छन्। ‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैं सास्तीमा,’ उनले लेख्दै आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका थिय ।