रेडक्रसमा २०५७ सालबाट क्रियाशील रुपमा रहनुभएका श्री कृष्ण आचर्यले रेडक्रस तनहुं शाखाको अधिवेशन कार्यमूल्याङ्कन सुन्य, नेताको भर्ती केन्द्र ज्यादा भएको आरोप लगाउनुभएको छ । उहाँले तनहुँको १३ औँ जिल्ला अधिवेशनलाई नियालेर हेर्दा अधिवेशनले नेताहरूको भागबण्डा गरी कार्यकर्ता भर्ती गर्ने संस्था भएको महसुस भएको बताउभयो ।
तनहुँकै उत्कृष्ट शाखा घोषणा भएका दुम्सीकोट उपशाखा र कोटदरबार उपशाखाको एकजना सदस्य समेत नरहने गरी पार्टी कार्यालयमा गोप्य बैठकको नाममा दरखास्त समेत भर्न नदिने गरी १७ जनाको नामावली, फर्म र पैसा बोकेर निर्वाचन कार्यालय पुगेको र त्यस प्रक्रियाको प्रतिकार गरी मनोनयन दर्ता गरेका दुम्सीकोट उपशालाई पार्टीको निर्णय भनी चौतर्फी दवाव दिंदै उम्मेदवारी फिर्ता गर्न लागएको आचर्यल बताउनुभयो ।
श्री कृष्ण आचर्यको भनाई जस्ताको तस्तै…
साभार म रेडक्रसमा २०५७ सालबाट क्रियाशील भएको व्यक्ति हुं। विद्यालय, क्याम्पस हुँदै उपशाखाको अनुभव लिएर नमुना कार्य गर्दै जिल्लामा कार्य गर्ने अवसरको खोजीमा सदस्य मात्र दाबी गरी इच्छा दर्ता गराएको थिएं। नेपाल रेडक्रस सोसाइटीको अधिवेशन त पार्टीको भर्ती केन्द्र पो हुंदो रहेछ । तनहुँको १३ औँ जिल्ला अधिवेशनलाई नियालेर हेर्दा चलाख राजनीतिज्ञ निकम्मा प्रतिनिधि (सभासद) जस्तो लाग्दथ्यो तर सम्मानित सभासद हुनुहुन्छ। अधिवेशनले नेताहरूको भागबण्डा गरी कार्यकर्ता भर्ती गर्ने संस्था बनाउँदा रहेछन् ।
तनहुँकै उत्कृष्ट शाखा घोषणा भएका दुम्सीकोट उपशाखा र कोटदरबार उपशाखाको एकजना सदस्य समेत नरहने गरी पार्टी कार्यालयमा गोप्य बैठकको नाममा दरखास्त समेत भर्न नदिने गरी १७ जनाको नामावली, फर्म र पैसा बोकेर निर्वाचन कार्यालय पुगेका दृश्य आँखा अगाडि देखिए । प्रजातान्त्रिक पद्धतिको धज्जी उडाउँदै मनोनयन दर्ता गर्न समेत रोक लगाइएको परिवेश थियो । यस प्रक्रियाको प्रतिकार गरी मनोनयन दर्ता गरेका दुम्सीकोट उपशाखाको म श्रीकृष्ण आचार्यलाई पार्टीको निर्णय भनी चौतर्फी दवाव दिंदै उम्मेदवारी फिर्ता गर्न लगाइएको यथार्थ हो ।
व्यास १० मा रहेको दुम्सीकोट उपशाखा विगत दुई वर्षदेखि जिल्लाको उत्कृष्ट उपशाखाको रूपमा मूल्यांकन भई पुरस्कारसमेत प्राप्त गरेको उपशाखा हो । जिल्ला र नगरपालिकामा समेत एम्बुलेन्स नभएको अवस्थामा कोभिडको समयमा सहयोग संकलन गरी एम्बुलेन्स खरीद गर्ने, कोभिडको समयमा राहत संकलन गर्ने र वितरण गर्ने, मनोसामाजिक परामर्श र जनचेतना मुलक कार्यक्रम, रक्तदान, रक्तदान सचेतना कार्यक्रम, रु द्दछण्ण्ण् भन्दा बढी रकम दिए ११ वटा संस्थागत सदस्य र ८ जना विशिष्ट सदस्यहरू, रु एक लाख प्रदान गरि यशेस्कर सदस्य प्राप्त गर्ने, करिब १५० आजीवन सदस्य समेत थप गरेको उपशाखाबाट एक जना पनि प्रतिनिधि जिल्लामा हुन नसक्नु उपशाखाको कार्यको अपमान भएको महसुस भएकोले उपशाखा सचिवका हैसियातले मेरो केही शब्दहरु ब्यक्त गरेकोछु।
यस अवसरमा यस उपशाखालाई यहाँ सम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण उपशाखा पदिधिकारी, आजिवन सदस्यहरू, चन्दादाता एवं सहयोगी सम्पुर्ण संघसंस्था एवं व्यक्तित्वहरूलाई हार्दिक सम्मान ब्यक्त गर्न चाहन्छु ।यहाँहरुले पुराएको अतुलनीय योगदानको जिल्लामा अबमूल्यांकन भएको प्रष्ट पार्न चाहन्छु । उपशाखाले गरेको कार्य मूल्यांकन नगरी नेताहरूको पोल्टामा भएका व्यक्तिहरू जो रेडक्रसको सदस्यता लिएको दुई वर्ष नहुँदै पदाधिकारीमा सिफारिस भएका छन् तर निरन्तर क्रियाशील उपशाखाका व्यक्तिहरुलाई नेताको चाकारी नगरेको भरमा अबमूल्याङ्कन भएको महसुस अधिकांश प्रतिनिधि सभासद्हरूको रहेको छ ।
आफ्ना कार्यकर्ताको भर्तीकेन्द्र बनाउँदा रेडक्रसको निष्पक्षता, स्वतन्त्रता, मानवता भन्ने कुराको धज्जी उडाएको छ । भाषणमा चर्का नारा गर्ने तर व्यवहारमा पुरानै तानाशाही प्रवृत्तिले रेडक्रस, प्रजातन्त्रिक भनिने पार्टीलाई समेत कुरी१कुरी१ भन्ने अवस्था आएको छ। सामाजिक सेवामा लाग्ने व्यक्तिहरु पद पाए पनि नपाए पनि निरन्तर लागिरहन्छ र लाग्नेछ तर आँखै अगाडि भएको नाङ्गो नाच टुलुटुलु हेर्न नसक्ने अवस्था आउँदो रहेछ । जनताको नाममा कसम खाएर जनतालाई नै शोषण गर्न पल्केका भ्रष्टहरूको नाङ्गो नाच उदाङ्ग भएको छ ।
रेडक्रस जस्तो पवित्र संस्थामा भएको हस्तक्षेप र निरंकुश शैलीको विरोध नगरी राम्रो निर्णय भयो भन्नु तानाशाही प्रवृत्ति र निरंकुशतालाई मलजल गर्नु शिवाय अन्य केही हुँदैन । यस्ता प्रवृत्तिको खुलेर विरोध गरिन्छ र आगामी दिनमा यस्ता हर्कत र नदोहोरिउन भन्ने कामना गर्नु शिवाय अन्य केही छैन भन्ने विचार व्यक्त गर्न चाहन्छु । म प्रजातान्त्रिक विचार र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएकाले आफ्ना विचारहरु आम जनमानसमा पेश गरेको छु । सबैको मूल्याङ्कन हरेक दृष्टिकोणबाट हुनेछ र गलत प्रवृत्तिकको छिटै अन्त्य हुनेछ । नेपाल रेडक्रस सोसाइटीमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । जय रेडकस !