नेपाली कांग्रेस वडा कार्यसमिति व्यास ७ को वडा भेला सम्पन्न भएको छ । व्यास ७ का सभापति युवराज गुरुङज्यूको अध्यक्षतामा कलेस्ती सामुदायिक भवनमा सो भेला सम्पन्न भएको हो। भेलामा वडा भित्रको राजनैतिक एवं सांगठनिक विषय, क्रियाशिल सदस्य नविकण र नयाँ क्रियाशिल वितरण, वडा भित्रको विकास निर्माण विषयक एजेन्डामा गहन छलफल भएको थियो । उक्त छलफलमा वडाको विकास निर्माण विषयमा उठेको गुनासोलाई नेपाली काङ्रेस नगर समितिका सदस्य एवं व्यास(७ का वडा सदस्य तथा ब्यास नगरपालिका कार्यपालिका सदस्य निला धिमिरेले वडा भित्र भएको विकास निर्माणको योजनाहरु प्रस्तुत गर्नुभएको थियों ।सो वडा भेलावाट उठेको समग्र जन गुनासोलाई तनहुंका सह सचिव केशबहादुर सुनारले सल्लाह, सुझाव सहित पाटिलाई सुदृढ र सवल बनाउन कृयाशिल सदस्यहरुको महत्त्वपूर्ण भूमिका रहने कुरा आफ्नो मन्तब्यमा ब्यक्त गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन वडा सचिव विनोद कुमार गोशलीले सञ्चालन गर्नुभएको थियो भने वडा सह सचिव शिवप्रसाद लामिछानेले स्वागत गर्नुभएको थियो ।