आँवुखैरेनी बहुमुखी क्याम्पसमा मंगलबार भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेद्वारी निशान मगरको प्यानल नै विजयी भएका छन् । मगरले ९७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेवि संघका बोनिस अधिकारीले ६४ र अनेरास्ववियूकी रक्षा पोखरेलले ७ मत प्राप्त गरेका छन् । सचिवमा गंगा प्रसाद लामिछाने,कोषाध्यक्षमा करुण गुरुङ,सदस्यमा मेनुका खत्री,सुरेश नेपाली,बिज्ञा रानामगर निर्वार्चित भएका छन् ।
